×

बाजुराको बाम्का बजारमा भीषण आगलागी

जेष्ठ २४, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ ।

बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ । १६/१७ वटा पसल जलिसकेका छन् ।

आगलागी निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ ।

आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: