पार्किङ गरेर राखेको विद्युतीय कारमा आगलागी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ५

काठमाडौं : काठमाडौंको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *