कृषि–वन उद्यममा निजी लगानी बढाउन सरकारको जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

काठमाडौँ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रलाई रोजगारी तथा आर्थिक विकाससँग जोड्दै निजी लगानी आकर्षित गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताएकी छन्।

मंगलबार काठमाडौंमा आयोजित वन तथा कृषि उद्यमसम्बन्धी कार्यक्रममा उनले किसान, सामुदायिक वन समूह र निजी क्षेत्रलाई उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ र बजार विस्तारमा जोड्नुपर्ने बताइन्।

मन्त्री चौधरीले अनुदानमा मात्र निर्भर नभई सम्भावना भएका उद्यमलाई लगानीकर्ता र बजारसँग जोड्नुपर्ने उल्लेख गरिन्। साथै, कृषि तथा वन क्षेत्रमा देखिएका कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक सुधार अघि बढाइने बताइन्।

उनले वन तथा कृषि उद्यमबाट स्थानीय रोजगारी, उत्पादन र आम्दानी बढाउँदै हरित अर्थतन्त्रको आधार बलियो बनाउनुपर्नेमा जोड दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *