|
२०८३ असार १८
पाल्पा, असार १८ – पाल्पामा पछिल्ला वर्षहरूमा डिएपी मलको माग उल्लेखनीय रूपमा बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको देखिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका अनुसार चालु आर्थिक वर्षमा डिएपीको माग एक हजार मेट्रिक टन पुगेको छ। तर आपूर्ति अभावका कारण हालसम्म ५७१ मेट्रिक टन मात्र उपलब्ध भएको र ४३६ मेट्रिक टन खपत भइसकेको छ।
युरियाको माग भने घट्दो प्रवृत्तिमा देखिए पनि कुल खपत स्थिर रहेको छ। किसानहरूले सन्तुलित मल प्रयोग र हरियो मलको अभ्यास बढाउँदै जाँदा युरियाप्रतिको निर्भरता कम भएको बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्