काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्।
प्रधानमन्त्री दाहालले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन।उनले चितवनको खेती बालीको लागि आवश्यक सिँचाइको व्यवस्था गर्न त्रिशूली नदीको पानी टनेल खनेर शक्ति खोर पुर् याउने विषयमा पनि सरकारले छलफल सुरु गरेको धारणा राखे।प्रधानमन्त्री दाहालले सरकारले खेतीवालीका लागि सिँचाईको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको पनि बताए।
गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताए।उनले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने बताए। प्रधानमन्त्री दाहालले खेती बालीका लागि आवश्यक बीउ विजनको व्यवस्था गर्न पनि सरकार लागि परेको जानकारी दिए।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्