×

‘जीटुजी’को पहिलो लटको मलको बिक्री वितरण सुरु

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारत सरकारसँग गरेको सहमति अनुसार पहिलो लटको मलको बिक्री वितरण पनि सुरु भएको छ ।

एक वर्षअघि भारतसँग ‘जीटुजी’ प्रणालीबाट मल ल्याउने सम्झौतापत्रमा सरकारले हस्ताक्षर गरेको थियो । पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल ल्याउने सहमति भएको थियो । त्यसमध्ये पहिलो लटमा नेपाल सरकारले ३० हजार मेट्रिक टन मल ल्याउने ‘अर्डर’ गरेको थियो । ‘अर्डर’ अनुसार सबै मल नेपाल आइपुगेको कृषि मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: