काठमाडौं उपत्यकामा एकै दिन ४ हजार संक्रमित थपिए

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ३

काठमाडौं: नेपालमा कोरोना संक्रमणको दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कूल संक्रमितमध्ये ३९३९ संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित भेटिएएका छन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १९३७७ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ संक्रमित रहेका छन्। यो कूल सक्रिय संक्रमित संख्याको ६२ प्रतिशत बढी हो। सोमबारको तथ्यांकअनुसार नेपालमा कूल सक्रिय संक्रमित ३० हजार ८७७ रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *