साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २८

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।

हिजो भएको खेलमा बङ्गलादेशसँग एक÷एक गोलको बराबरी गर्दै नेपाल फाइनलमा पुगेको हो भने भारतले माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

फाइनल खेल पर्सि आइतबार साँझ पौने ५ बजे हुनेछ । नेपाल पहिलो पटक फाइनलमा पुगेको हो भने भारत सात पटकको विजेता हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल १३ औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको छ ।

नेपालका लागि खेलको ८८ औं मिनेटमा पेनाल्टीमार्फत अञ्जन विष्टले गोल गरेका थिए । पहिलो पटक फाइनल पुगेको नेपालले चार खेलमा ७ अङ्क जोडेको छ । भारतको भने ८ अङ्क छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *