प्रदेश २ मा ११ सांसदले छाडे एमाले, एकीकृत समाजवादीमा सनाखत

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १७

काठमाडौं । प्रदेश २ मा ११ जना सांसदले नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।

बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

क्यान्सर पीडित रहेका डिल्ली उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रमार्फत सनाखत गराएका हुन्।

माधव पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले भोलि पर्सि आएर सनाखत गर्ने प्रदेश सांसद शत्रुधन महतोले बताए।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन्। अब एमालेमा १० जना सांसद रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *