सुर्खेत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका–७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्