×

बिहेको आश देखाई बलात्कार गर्ने एक पक्राउ

माघ २५, २०७७ | दाक्सु मिडिया सम्वाददाता

सुनसरी – सुनसरीको धरानकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: