प्रधानमन्त्रीले डा. गोविन्द केसीसँग वार्ता गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीसंग आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई बालुवाटार बोलाएका हुन् ।

सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा. केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाएका हुन्।

डा. केसीले माग पूरा नभए भदौ ३ गतेदेखि अनशन बस्ने चेतावनी दिएका थिए। डा. केसीको टोली छलफलका लागि साँझ ५ बजे बालुवाटार जाने तयारीमा छ।

केसीले दिएको अल्टिमेटम पूरा नहुदै स्वास्थ्य मन्त्रालय समेत सम्हालीरहेका प्रधानमन्त्री देउवाले सहमतिको प्रयास गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *