उपेन्द्र यादव समूहबाहेक सबै नेता बालुवाटारमा वार्ता गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १०

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका तीन जना नेता प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि मंगलबार बालुवाटार पुगेका छन्।

जसपाका उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतका नेताबाहेक पूर्व राष्ट्रिय जनता पार्टीका नेता बालुवाटार पुगेको बताइएको छ। सोमबार साँझ पनि छलफल गरेका उनीहरूले ओली सरकारलाई समर्थन जनाउन लागेका छन्।

वार्ताका लागि अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालगायतका नेता सहभागी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *