डाक्टर गोविन्द केसीको अनसन स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

काठमाडौं : झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्‍बन्धन नदिन भन्दै डाक्टर गोविन्द केसीले घोषणा गरेको सत्याग्रह स्थगित गरेका छन्। शुक्रबार दिउँसो उनले एक विज्ञप्ति जारी गर्दै सुरू गर्ने भनिएको सत्याग्रह स्थगन गरी अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने निर्णय गरेको जानकारी दिएका छन्।

‘शुभेच्छुकहरूको सल्लाह अनुसार सत्याग्रह स्थगन गरी अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं,’ उनले भनेका छन्, ‘ती मागहरू यथावत् छन्। सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नबढाएमा तथा माग तथा सम्झौताहरू सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह सुरू गर्न बाध्य हुनेछौं भन्ने चेतावनी पनि दिन चाहन्छौं।’

चैत १२ गते सर्वोच्च अदालत न्यायाधीशहरू कुमार चुडाल र सारंगा सुवेदीले बिएण्डसी मेडिकल कलेजको पक्षमा परमादेश जारी गर्दै १५ दिनभित्र सम्‍बन्धन दिन फैसला गरेको थियो। चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै सम्बन्धनका लागि १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न भनेको थियो।

सर्वोच्चको उक्त फैसलामा डाक्टर केसीले आपत्ति जनाएका छन्। उनले उक्त फैसलाको पूर्णपाठ आएपछि असार ६ गते विज्ञप्ति जारी गर्दै सत्याग्रह सुरू गर्ने चेतावनी दिएका थिए। उनले असार १४ गतेभित्र आफ्ना माग पूरा गर्न उनले अल्टिमेटम दिएका थिए। सरकारले उक्त फैसलाविरूद्ध पुनरावेदन दिनुपर्ने माग गरेका थिए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *