|
कार्तिक ३०, २०८३
नेपाली कांग्रेसको देउवा पक्षले सुदूरपश्चिममा आयोजना गर्न लागेको प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। अधिवेशनमा सहभागी हुन देउवा मंसिर १५ गते धनगढी पुग्ने कार्यक्रम रहेको छ।
प्रदेश सभापति वीरबहादुर बलायरले अधिवेशन उद्घाटनको जिम्मेवारी देउवालाई दिइएको जानकारी दिएका छन्। कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ। अधिवेशन दुई दिनसम्म सञ्चालन हुने बताइएको छ।
प्रदेशका नौवटै जिल्लामा वडा तहदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका अधिवेशन सम्पन्न भइसकेका छन्। यसैबीच देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीसमेत अघि बढाएको छ। त्यसका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्