जनताको गुनासो सुन्न मेचीदेखि महाकालीसम्म पैदल हिँड्दै अमरेश

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ३०, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह जनताका समस्या, गुनासा र अपेक्षा बुझ्न दुईमहिने मेची–महाकाली पदयात्रामा निस्किएका छन्।

मंगलबार बिहान मेची नदी किनारबाट सुरु हुने यात्रा आगामी माघ १ गते महाकाली नदी किनारमा पुगेर सम्पन्न हुनेछ। यात्राका क्रममा विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुन्ने सिंहले बताएका छन्।

जात, धर्म, वर्ग र भूगोलका आधारमा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता बलियो बनाउनु पनि अभियानको उद्देश्य रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *