उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ४२६ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ३०, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम मिच्ने ४२६ जना सवारी चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मापसे गर्ने ४१, सीसीटीभीबाट पहिचान भएका ४५ र रातो बत्ती उल्लंघन गर्ने ५७ जना कारबाहीमा परेका हुन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने १२ र सवारीको अवस्था ठीक नभएका ८ जनामाथि कारबाही गरिएको छ। अन्य कसुरमा १५१ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *