महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ३०, २०८३

धरान । गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

आइतबार भएको खेलमा सजिना स्याङ्ताङले ह्याट्रिक गर्दा समीक्षा मगरले दुई गोल गरिन्। सजिना खेलकी उत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *