|
कार्तिक ३०, २०८३
काठमाडौँ : पछिल्लो एक दिनमा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने १६६ जना घाइते भएका छन्।
नेपाल प्रहरीको विवरणअनुसार दुर्घटनाबाट सबैभन्दा बढी क्षति मधेश प्रदेशमा भएको छ। त्यहाँ ६ जनाको मृत्यु र ५९ जना घाइते भएका छन्।
यस्तै, कर्णालीमा ३ जनाले ज्यान गुमाएका छन् भने काठमाडौं उपत्यकामा २ जनाको मृत्यु भएको छ। गण्डकी र कोशी प्रदेशमा पनि एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेको संख्या कोशीमा ३५, लुम्बिनीमा २४, सुदूरपश्चिममा १२, गण्डकीमा ९ र कर्णालीमा ८ रहेको छ। काठमाडौं उपत्यकामा १० जना घाइते भएका छन्।
प्रहरीको तथ्यांकले पछिल्लो २४ घण्टामा सडक दुर्घटनाका कारण देशका विभिन्न प्रदेशमा ठूलो संख्यामा नागरिक प्रभावित भएको देखाएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्