पटका नपड्काउन प्रहरीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २०, २०८३

काठमाडौँ । तिहारलाई सुरक्षित र दुर्घटनामुक्त बनाउन नेपाल प्रहरीले पटका तथा आतसबाजी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पटका पड्काउँदा आगलागी, चोटपटक, सम्पत्तिमा क्षति र वातावरण प्रदूषणको जोखिम हुने प्रहरीले जनाएको छ। विशेषगरी बालबालिकालाई यस्ता विस्फोटक पदार्थबाट टाढा राख्न र अभिभावकले निगरानी बढाउन अनुरोध गरिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वमा शान्ति सुरक्षा कायम राख्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *