|
कार्तिक २०, २०८३
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। अन्य पहाडी तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्