काठमाडौंमा ३८७ सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १६, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५, सीसीटीभीबाट पहिचान भएका ४१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ र तीव्र गतिमा चलाउने १० चालक कारबाहीमा परेका हुन्।

त्यस्तै, हर्न बजाउने, सवारीको अवस्था ठीक नराख्ने र एकतर्फी सडकमा नियम मिच्ने सवारीसाधन पनि कारबाहीमा परेका छन्। अन्य कसुरमा २४५ सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *