सिँचाइ आयोजनामा पहिलो त्रैमासिकमै २ अर्ब ३९ करोड खर्च

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १९, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सिँचाइ आयोजनाको बजेट खर्च र निर्माण प्रगतिमा उत्साहजनक सुधार देखिएको छ। जलस्रोत तथा सिँचाइ विभागले यस अवधिमा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको जनाएको छ।

विभागका अनुसार खर्च भएको रकममध्ये ८८ प्रतिशत निर्माण तथा पुँजीगत काममा उपयोग भएको छ। महाकाली सिँचाइ आयोजनाले ९७.२ प्रतिशत भौतिक प्रगति हासिल गर्दा बबईले ८१.८, सिक्टाले ८०.२ र रानीजमरा कुलरियाले ७१ प्रतिशत प्रगति गरेका छन्।

यी चार ठूला आयोजनामा मात्रै १ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै, गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले पहिलो त्रैमासिकमै शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।

विभागले दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई समेत तीव्रता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *