|
कार्तिक १९, २०८३
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।
बुधबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गर्दै उनले प्रहरी संगठनलाई बलियो बनाउन, फिल्डमा खटिने कर्मचारीको मनोबल बढाउन तथा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न आग्रह गरेका हुन्।
प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन र कर्मचारीका समस्या समाधान गर्न सरकार तयार रहेको पनि गृहमन्त्री गुरुङले बताएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्