प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच आज भेटवार्ता हुँदै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिश्रीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका विदेश सचिव मिश्रीले यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए।

भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्।

प्रधानमन्त्री शाहसँगको भेटपछि विदेश सचिव मिश्री आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *