काठमाडौं । पश्चिम नेपाल नजिक विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने अझै कायम रहेको छ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशका अधिकांश स्थानमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने सम्भावना छ। विशेषगरी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
पश्चिम नेपाल आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव घट्दै गएकाले आगामी दिनमा मौसम थप खुल्दै जाने अपेक्षा गरिएको छ।
यद्यपि हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली भई हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दा तथा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्