नेपाललाई सहयोग गर्न स्विट्जरल्यान्ड तयार

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १६, २०८३

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा दुई देशबीचको संसदीय सम्बन्ध, विकास सहकार्य र आपसी अनुभव आदानप्रदानबारे छलफल भएको हो ।

भेटका क्रममा सभामुख अर्यालले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि स्विट्जरल्यान्डले गरेको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले संयुक्त राष्ट्रसङ्घमार्फत उपलब्ध गराइएको २० लाख अमेरिकी डलर बराबरको राहत सहयोगको प्रशंसा गरे ।

जवाफमा परिषद्का अध्यक्ष पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड निरन्तर सहयोग गर्न तयार रहेको बताए । उनले नेपालको जलस्रोत र प्राकृतिक सम्पदाको उपयोगबाट जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *