|
कार्तिक १५, २०८३
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कानुनविपरीत काम गर्ने र कारबाहीबाट बच्न खोज्नेहरूलाई कसैले पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सही समय आएपछि गलत काम गर्ने सबैको समय खराब हुने बताएका हुन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
तर उनको यो अभिव्यक्ति कुन घटना वा व्यक्तिलाई लक्षित गरेर आएको हो भन्नेबारे भने स्पष्ट पारिएको छैन।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्