|
२०८३ कार्तिक १
काठमाडौँ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्र तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्