|
२०८३ आश्विन ३०
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना बाहिर ल्याउनेलाई कारबाहीबाट छुट नदिने बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारी सूचनाको गोपनीयता जोगाउन प्रहरीलाई निर्देशन दिए।
उनले प्रहरी संगठनलाई थप सक्षम र आधुनिक बनाउन कानुनी सुधार तथा सेवासुविधा विस्तारको काम अघि बढाइएको बताए। अपराध नियन्त्रणमा कडाइ गर्न र नागरिकले प्रहरीबाट सुरक्षाको अनुभूति गर्ने वातावरण बनाउनसमेत उनले जोड दिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्