|
२०८३ असार ४
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्बाट हुने मानवीय क्षति न्यूनतम बनाउने लक्ष्यसहित सबै निकायलाई पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित बैठकमा उनले बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिम भएका क्षेत्र पहिचान गरी समयमै तयारी गर्नुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले विपद् आएपछि मात्र सक्रिय हुने पुरानो अभ्यास परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै राहत, उद्धार र समन्वयलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य बढाउन आग्रह गरे। साथै, विपद्का नाममा सरकारी स्रोत–साधनको दुरुपयोग हुन नदिने चेतावनी पनि दिएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्