|
२०८३ आश्विन ४
काठमाडौं । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा गृहमन्त्री सुदन गुरुङको हातमा अचानक परेवा आएर बसेको छ।
समारोहमा शान्तिको प्रतीकका रूपमा परेवा उडाउने क्रममा एउटा परेवा गृहमन्त्री गुरुङको हातमा आएर बसेको हो। परेवाले उड्न खोजे पनि उड्न नसकेपछि गृहमन्त्री गुरुङले त्यसलाई मायाले सुमसुम्याउँदै नजिकै सुरक्षित स्थानमा छाडिदिएका थिए।
परेवा सम्भवतः कम उमेरको र पूर्ण रूपमा उड्न सक्षम नभएको बताइएको छ। संविधान दिवसमा भएको यो दृश्यलाई शान्ति र पशुप्राणीप्रतिको करुणासँग जोडेर हेरिएको छ।
गृहमन्त्री गुरुङले यसअघि पनि पशुप्राणीप्रति हुने क्रूरताविरुद्ध आवाज उठाउँदै आएका छन्। उनले पशु अधिकारसम्बन्धी कडा कानुन निर्माणका लागि पहल भइरहेको बताउँदै आएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्