एकद्वार प्रणालीबाट काम गर्ने गृहमन्त्री सुधनको पहिलो निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १३

काठमाण्डौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।

सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुःख दिने काम गर्न नहुने बताएका छन् । सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *