सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

महोत्तरीबाट मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीए एक्स ०४३५ नम्बरको कार बिहीबार दिउँसो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो।

कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *