उद्योगीका कानुनी झन्झट हटाउन सुधारको तयारीमा सरकार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

चितवन । उद्योग व्यवसाय सञ्चालनमा देखिएका कानुनी जटिलता हटाउन सरकारले विद्यमान कानुन परिमार्जन गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अस्पष्ट कानुनी व्यवस्थाका कारण व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सुधार प्रक्रिया अघि बढाइएको बताएकी छन्।

चितवन उद्योग संघको ३५औँ वार्षिक साधारणसभामा उनले कानुन संशोधनका लागि छलफल र पूर्वतयारी भइरहेको जानकारी दिइन्। मन्त्री गौतमका अनुसार सुधारका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने भए पनि हतारमा निर्णय गरेर दीर्घकालीन समस्या निम्त्याउन नहुने सरकारको धारणा छ।

उनले लगानीमैत्री वातावरण बनाउन सरकार, निजी क्षेत्र र नीतिनिर्माताबीच सहकार्य आवश्यक रहेको पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *