संवैधानिक विवादपछि गाँजा विधेयक प्रदेश सभामै फिर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ९

पोखरा : गण्डकी प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित गाँजा सम्बन्धी विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका छन्। विधेयक नेपालको संविधान, सङ्घीय कानुन र लागू औषध सम्बन्धी विद्यमान कानुनी व्यवस्थासँग बाझिएको निष्कर्षसहित सन्देश पठाइएको हो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेशले कानुन बनाउँदा सङ्घीय कानुनको मातहतमा रहनुपर्ने संवैधानिक व्यवस्था रहेको र गाँजा खेती तथा प्रयोगको नियमन गर्ने अधिकार हाल सङ्घीय सरकारमै निहित भएकाले विधेयकमा कानुनी जटिलता देखिएको छ।

अब प्रदेश सभाले प्रदेश प्रमुखले उठाएका संवैधानिक र कानुनी प्रश्नमाथि पुनः छलफल गरी आवश्यक संशोधन वा अन्य निर्णय गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *