|
२०८३ आश्विन २६
काठमाडौं । धादिङको गलौँदीमा सडक मर्मत गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ।
गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मत गर्नुपर्ने भएकाले आवागमन रोक्ने निर्णय गरिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिएकी छन्।
गत असोज २३ गते सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग भोलिपल्ट सञ्चालनमा ल्याइएको थियो। तर, थप मर्मत आवश्यक भएपछि पुनः रातिको समयमा सडक बन्द गर्न लागिएको हो।
दसैँका लागि घर जाने यात्रुको चाप बढिरहेका बेला राजमार्ग बन्द हुँदा आवागमन प्रभावित हुने देखिएको छ। नयाँबसपार्कबाट मात्रै असोज १७ देखि २५ गतेसम्म दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको लोत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्