वर्षाले बढायो सडकको समस्या, विभिन्न राजमार्गमा आवागमन प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । लगातारको वर्षासँगै पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा यातायात सेवा प्रभावित भएको छ।

प्रहरीका अनुसार तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा, मुगु, रुकुम पश्चिम र सोलुखुम्बुका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध छ। अरनिको राजमार्ग, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र सल्लेरी–लुक्ला सडकमा समस्या देखिएको छ।

बाढीको जोखिमका कारण बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि रातको समयमा यातायात बन्द गरिएको छ।

इलामको राजदुवालीमा सडक हिलाम्मे भएपछि मेची राजमार्ग अवरुद्ध छ भने सिन्धुपाल्चोकका जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्गका केही खण्ड बन्द भएका छन्।

वर्षाका कारण थप क्षति हुन सक्ने भएकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *