|
२०८३ आश्विन २६
तनहुँ । पशुपालनबाट राम्रो आम्दानी गर्दै आएका बन्दीपुर–५ याम्पाफाँटका १५ किसानलाई दूध बिक्रीको परिमाणका आधारमा सम्मान गरिएको छ। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कार प्रदान गरेको हो।
पुरस्कारको पहिलो स्थान नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेलले हासिल गरेका छन्। उनले एक वर्षमा ८९ हजार १२८ लिटर दूध बिक्री गरेका थिए। काशीनाथ भट्टराई र सुरज घिमिरे क्रमशः दोस्रो र तेस्रो भएका छन्।
दूध बिक्रीमा उत्कृष्ट १५ किसानलाई तीन हजारदेखि ११ हजार रुपैयाँसम्म पुरस्कार दिइएको सहकारीका अध्यक्ष भट्टराईले बताए।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्