तिहार लक्षित सयपत्री फूलका ५ हजार बिरुवा बिक्री

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-१ रामरेखाका पुष्प व्यवसायी राहुल बोहोराले तिहारलाई लक्षित गर्दै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरेका छन्।

यसपटक फूलको सट्टा बिरुवाको माग बढेको बताउँदै उनले माटोसहित प्रति बिरुवा रु ४० मा बिक्री गरेका हुन्। अहिले सम्म दुई लाख रूपैयाँ बराबरको कारोबार भइसकेको छ।

नयाँ दिल्लीबाट बोट्नी विषयमा अध्ययन गरेका बोहोराले साढे चार रोपनी क्षेत्रमा पुष्प व्यवसाय सञ्चालन गर्दै आएका छन्।

उनका अनुसार बेमौसमी फूल, सजावटी बिरुवा र फलफूलका उन्नत जातका बिरुवा समेत उत्पादन हुँदै आएका छन्। मासिक रु १.५ लाख आम्दानी गरिरहेका बोहोराले तीन जनालाई स्थायी रोजगारीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *