भोटेकोशी बाढी : १,३९२ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २९

काठमाडौँ । भोटेकोशी बाढीपछि बेपत्ता हुनेको संख्या अझै ४ हजार ८९ रहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १ हजार ३९२ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक शव छन्। तीमध्ये १०३ शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

बाढीमा घाइते तथा प्रभावित ९ हजार २८७ जनाको उद्धार गरिएको छ भने २ हजार ७८१ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। बेपत्ताको खोजी तथा शव पहिचानका लागि सुरक्षा निकायले अभियान जारी राखेका छन्। डीएनए परीक्षणमार्फत पहिचान गर्ने कामलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *