नेप्से १३.८५ अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबैजसो सूचक घटेका छन् । नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१ अंकमा कायम भएको छ ।

अघिल्लो दिन पनि नेप्से १५.४३ अंकले घटेको थियो । बिहीबार कारोबार रकमसमेत घटेको छ । अघिल्लो दिन ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशतले घटेको छ ।

कारोबार भएका अन्य समूहमा बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, लघुवित्त ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशतले घटेका छन् ।

बिहीबार लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । दोल्ती पावर, अपर लोहोरे खोला, इमर्जिङ नेपाल र शिवश्री हाइड्रोको मूल्य पनि बढेको छ ।

यता सिन्धु विकास बैंकको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शुभम पावर, धौलागिरि लघुवित्त र बाराही हाइड्रोपावरको मूल्यसमेत घटेको छ ।

आज कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर अगाडि रहे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *