
काठमाण्डौँ । सेयर बजार परिसूचक (नेप्से) बुधबार पनि १४.८८ अंकले घटेको छ । नेप्से परिसूचक आइतबार देखि निरन्तर रुपमा घटि रहेको छ । साताको चौथो कारोबारको दिन बुधवार नेप्से १४.८८ अंकले घटेर २ हजार ६९७.४ बिन्दुमा झरेको छ ।
मंगलवार ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको थियो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले घटेको छ । बुधबार कारोबारमा आएका नेप्सेका अनुसार ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजार ८ सय २९ कित्ता सेयर किनबेच हुँदा बुधवार ५ अर्ब १४ करोड ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोड बराबरको सेयर कारोबार भएको थियो । बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज कारोबारमा आएका ३ सय ११ कम्पनी मध्ये १ सय ८३ कम्पनीको सेयर घटेको छ भने ५३ कम्पनीको सेयर बढ्दा ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया