|
२०८३ भाद्र २४
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।
जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटनका लागि सातदोबाटो पुगेका गुरुङ शहीद परिवारले पार्कमा राखिएका सालिकको अनुहार वास्तविक शहीदहरूसँग नमिलेको भन्दै आपत्ति जनाएपछि उद्घाटन नगरी फर्किएका हुन्।
पार्कमा पुगेका शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको सालिक पार्कमा निर्माण गरिएको छ।
दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्