केएमसीमा गृहमन्त्री गुरुङः जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २०

काठमाण्डौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गएराति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए।

मन्त्री गुरुङ गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्ने बित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए । डा. सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *