|
२०८२ मंसिर २१
गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माण भइरहेका सङ्घीय संसद् भवनको आइतबार निरीक्षण गरेका छन्। जेनजी आन्दोलनका सहिदका नाममा निर्माण गरिने सालिकका लागि आवश्यक स्थानको अवस्था पनि उनले प्रत्यक्ष अवलोकन गरेकाे उनकाे सचिवालयले जानकारी दिएको छ।
जेनजी सहिदका परिवार तथा सम्बन्धित कर्मचारीसँगै मन्त्री अर्यालले सालिक निर्माणका लागि उपलब्ध भू–भागको विवरण बुझेका थिए। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका ४२ युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्दै ‘जेनजी स्मारक पार्क’ निर्माण गर्ने निर्णय यसअघिका मन्त्रिपरिषद् बैठकहरूमा गरिसकेको छ।
भवनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकका लागि बनाइँदै गरेका कक्षहरूको प्रगतिबारे इन्जिनियरहरूसँग जानकारी लिँदै मन्त्री अर्यालले तोकिएको समयसीमाभित्र काम सकिने–नसकिनेबारे चासो अभिव्यक्त गरेका थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्