|
२०८३ भाद्र २२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् । उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमा पुगेर क्षति तथा मानवीय संकटबारे नेपाली सेना र अन्य अधिकारीसँग जानकारी लिएका थिए ।
भदौ १० गते आएको बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । हालसम्म १ हजार ३५५ जनाको मृत्यु भएको र ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । जलविद्युत आयोजनाका सुरुङमा समेत ठूलो संख्यामा मानिस हराइरहेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्