काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले रसुवामा ठूलो क्षति पुर्याएको छ। विपद्का कारण १ हजार ३१३ जनाको उद्धार भए पनि ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासनले जनाएको छ।
उद्धार गरिएकामा १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्। गोसाइँकुण्ड क्षेत्रमा अलपत्र परेका १४५ जना तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
विभिन्न स्थानमा फेला परेका १६३ शवमध्ये छ जनाको पहिचान भएको छ। अन्य शवको सनाखत तथा डीएनए परीक्षणका लागि प्रक्रिया अघि बढाइएको छ।
प्रारम्भिक विवरणअनुसार १ हजार ५०० निजी घरमा क्षति पुगेको छ भने सडक, पुल, विद्यालय, सरकारी कार्यालय, बैंक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति भएको छ। ४१ किलोमिटर सडकखण्ड अवरुद्ध हुँदा यातायात प्रभावित बनेको छ।
विस्थापित ७ हजार ३३ जनालाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ। प्रभावित क्षेत्रमा १३६ पटक राहत सामग्री पुर्याइएको छ भने जिल्लाको ८३ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको प्रशासनले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्