भोटेकोशी प्रभावित क्षेत्रको पुनरुत्थानमा नयाँ योजना आवश्यक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

त्रिशूली । भूमि व्यवस्था तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनरुत्थानलाई नमुना बनाउने गरी काम गर्नुपर्ने बताएकी छन्।

नुवाकोटको विदुर नगरपालिका पुगेर बाढीबाट भएको क्षति र राहत–उद्धारको अवस्थाबारे सरोकारवालासँग छलफल गर्दै उनले विपद्का बेला गरिएको उद्धार तथा विस्थापितको व्यवस्थापन प्रशंसनीय रहेको बताइन्।

विदुर नगरप्रमुख राजन श्रेष्ठले भने प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने भन्दै सडक सञ्चालन, बेलीब्रिज निर्माण र नयाँ बस्तीका लागि जग्गा व्यवस्थापनमा संघीय सरकारको सहयोग मागे।

छलफलमा राहत वितरण, होल्डिङ सेन्टर, स्वास्थ्य, खानेपानी, विद्युत् तथा आवागमनको अवस्थाबारे पनि जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *