मन्त्री कुलमान घिसिङद्वारा झापाको डुबान प्रभावित क्षेत्रको अवलोकन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ आज झापाको डुबान तथा बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गर्दै छन्। उनले यसअघि इलामको विपद् प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।

झापाको कन्काई र बिरिङ खोलामा आएको बाढीले झापा गाउँपालिका लगायतका बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, खेतबारी तथा पूर्वाधारमा असर पुर्‍याएको भन्दै मन्त्री घिसिङले प्रभावित क्षेत्रको अवस्था बुझ्ने उद्देश्यले अवलोकन गर्न लागेका हुन्।

गत असोज १८ र १९ गते परेको अविरल वर्षापछि कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी, पहिरो र डुबानका कारण जनधनको ठूलो क्षति भएको थियो। निरीक्षणपछि मन्त्री घिसिङ आजै काठमाडौं फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *